जाजरकोट: शान्ति तथा पुन: निर्माण मन्त्रालयको आर्थिक सहयोगमा बन्न लागेका दर्जन बढी भौतिक संरचना अलपत्र परेका छन्।
मन्त्रालयले द्वन्द्वप्रभावित ठाउँमा भौतिक संरचना निर्माणका लागि क्रमागत रुपमा बजेट विनियोजन गरि संरचना निर्माण कार्य अगाडि बढाएपछि जाजरकोटका दर्जन बढी संरचना निर्माण सुरु गरिएको थियो।
अहिले क्रमागत रुपमा रकम पाएर निर्माण कार्य थालिएका संरचनाले एक वर्ष देखि बजेट नपाउँदा अलपत्र अवस्था परेका छन्। अलपत्र अवस्थामा परेका संरचनाको निर्माणका लागि स्थानीय सरकारले समेत ध्यान नदिदा पिल्लर मात्र हालेर आधा काम भएका भौतिक संरचना अहिले अलपत्र अवस्थामा पुगेका छन्। नलगाड नगरपालका ८ स्थित पंञ्च भयार माविको विद्यालय भवन अहिले पिल्लर मात्र उठाएर आधा काम भएर बीचमै अलपत्र परेको छ। सोही वडाकै मालुवामा रहेको खानेपानि योजना अलपत्र अवस्था छ।
त्यस्तै जिल्लाका ७ वटा स्थानीय तहमा यस्ता भौतिक संरचना निर्माणका लागि काम सुरु भएर पछि बीचमै रकम नआउँदा काम रोकिएका दर्जनौ योजनाहरु अलपत्र अवस्था रहेका छन्। शान्ति तथा पुन: निर्माण मन्त्रालयले वर्ष पिच्छे रकम निकासा गरि वर्षेनी एक तला भवण निर्माण गर्ने नम्सका आधारमा कार्यक्रम सञ्चालन गरेको थियो। जिल्ला समन्वय समितिका संयोजक मनवहादुर रावलले भने 'विभिन्न किसिमका भौतिक संरचना छन्, अहिले ती संरचनाको अभिलेख माग्ने काम भईरहेको छ, हामी सवैको संख्य एकिन गरेर गाउँपालिका र नगरपालिका लाई निर्माण गर्न पत्राचार गर्ने योजनामा छौँ।'
एक वर्ष देखि काम नहुँदा अधिकांश संरचनाका पिल्लरमा जोडिएका सरिया, माटो, ढुङगा अनि वालुवा समेत भत्किएको अवस्थामा रहेको छ। स्थानीय तहले ध्यान नदिने मन्त्रालयले भरपर्दो रुपमा पत्राचार नगर्ने यहाँका भौतिक संरचनामा समस्या आएको सरोकारवालको भनाई छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।