|

बारा : बाराको नीजगढ नगरपालिकाले नगरमा पर्ने पूर्वपश्चिम राजमार्गमा हरियाली बनाउने योजना बनाएको छ। नीजगढ नगरपालिकाको चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा समावेश गरेर राजमार्ग क्षेत्रमा हरियाली बनाउने योजना अघि सारेको हाे। ‘राजमार्गको दुवैतर्फ बिरुवा रोप्ने योजना रहेको छ’ नीजगढ नगरप्रमुख सुरेशकुमार खनालले भने, ‘राजमार्गमा सुहाँउदो बिरुवाको खोजी भइरहेको छ।’

नगरपालिकाले बिरुवाको खोजीका लागि बागवानीमा समेत भ्रमण गरिसकेको छ। नगरपालिकाले राजमार्गमा पर्ने वडा अध्यक्षसहितकाे टाेलीले सडकको मापदण्ड र दुरगामी प्रभावलाई मूल्यांकन गरी बिरुवा छनाेट गर्ने प्रमुख खनालले बताए। यही वर्षायाममा बिरुवा रोप्ने नगरपालिकाको योजना छ। 

एउटै रंगका घर 

राजमार्ग क्षेत्रमा रहेका घरमा समेत एउटै रंग लगाउने योजना रहेको नगर प्रमुख खनालले बताए। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा नै समावेश गरेर योजना अघि सारिने पनि खनालले जानकारी दिए। सहरको पहिचानका लागि एउटै रंग प्रयोग गर्ने योजना बनाइएको हो। नीजगढ बजार क्षेत्रमा करिब तीन किलोमिटर राजमार्ग पर्दछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.