|

काठमाडाै‌ं : नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक पुनः सुरु भएको छ। नेता खुमबहादुर खड्काको निधनपछि स्थगित गरिएको बैठक आइतबारबाट पुनः सुरु भएको हो।

पूर्व निर्धारित निर्वाचनको समग्र समीक्षालगायतका एजेन्डा मै केन्द्रीत रहेर बैठक सुरु भएको पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। प्रवक्ता शर्माले बैठकमा पार्टी पदाधिकारी चयनको प्रस्ताव भने पेश नहुने पनि स्पष्ट पारे। निर्वाचनको समग्र समीक्षा गर्दै पार्टीलाई एकतावद्ध भएको सन्देश दिने गरी चालु केन्द्रीय कार्य समिति बैठक सम्पन्न हुने प्रवक्ता शर्माको भनाई छ। आजको बैठकमा पनि नेताहरूले शान्ति, संविधान निर्माण र यसको कार्यान्वयनको नेतृत्व लिएको पार्टीले निर्वाचनमा हार्नु पर्नाका कारणको खोजी गर्नुपर्नेमा जोड दिएका थिए।

पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी केन्द्रीय समितिको बैठकको सरुमा नेताहरू कुलबहादुर गुरुङ, देवेन्द्रराज कँडल र प्रदिप पौडेलले बोलेका थिए। चैत्र ९ गते निर्वाचनको समीक्षा गर्ने मूल एजेन्डामा केन्द्रीत भएर कांग्रेस केन्द्रीय कार्य समितिको बैठक सुरु भएको थियो। त्यसबीचका पार्टी नेता एवम् पूर्व मन्त्री खड्काको निधनपछि पार्टीको बैठक स्थगित भएको थियो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.