|

काबुल : अफगानिस्तानको राजधानी काबुलको एक मतदाता परिचयपत्र दर्ता केन्द्र नजिकै आत्मघाती बम विस्फोट भएको छ। बम विस्फोटमा परी कम्तीमा ३१ जनाको मृत्यु भएको छ भने ५० जनाभन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ।

मतदाता केन्द्रमा मतादात परिचय–पत्र नामावलीमा नाम दर्ता गर्न पालो पर्खेर बसेका सर्वसाधारणहरु मारिएको बताइएको छ। उक्त केन्द्रको द्वारमा कम्तीमा चार वटा बम विस्फोट भएको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन्।

घटनाको जिम्मा स्लामिक स्टेट ग्रुप (आइएस)ले लिएको उसको अधिकारिक समाचार संस्था एमाकलार्इ उद्धृद गर्दै बीबीसीले जनाएको छ।

अफगानिस्तानमा यसै वर्षको अक्टोबरमा संसदको चुनाव हुँदैछ। आउँदो निर्वाचनका लागि मतदाता परिचय पत्रमा नाम दर्ता गर्न उक्त केन्द्रमा सर्वसाधारण आएका थिए। 

तिनै सर्वसाधारणलार्इ लक्षित गर्दै आइएसले आत्मघाती बम विस्फोट गरिएको हो। अफगानिस्तानी अधिकारीहरुका अनुसार आत्मघाती हमलाकारी पैदल नै उक्त केन्द्रमा आएका थिए। विस्फोटबाट नजिकै रहेको भवनको झ्याल र कारमा पनि क्षति भएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.