|

काठमाडौं : कार्यकर्ताको लामो समयसम्मको विरोधपछि नेकपा एमाले र माओवादी केन्द्रले आयोजना गरेको कम्युनिस्ट पार्टीको स्थापना दिवसको कार्यक्रम सुरु भएको छ।

लेनिन जयन्तीकै दिन व्यानरमा लेनिनको फोटो नभएको भन्दै कार्यकर्ताले विरोध गरेका थिए। तर, अर्को व्यानर अएपछि कार्यक्रम सुरु भएको हो। अब दुईवटै व्यानरसहित कार्यक्रम हुनेछ। यस्तै स्टेजमा मार्क्स, एंगेल्स, लेनिन, माओ, स्टालिनको फोटो राखिएको छ। मध्याह्न १२ देखि सुरु हुने भनिएको कार्यक्रम कार्यकर्ताको विरोधका कारण करिब ४ बजे मात्र सुरु भएको हो।

कार्यक्रम स्थल राष्ट्रिय सभागृहमा प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शार्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहित एमाले-माओवादीका नेताहरू सहभागी छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.