|

कञ्चनपुर : पहिरोले घर जग्गा सबै लगेपछि डोटीको घाँघल बाट १२ बर्षको उमेरमा कैलालीको सुख्खड झर्दा टेक बहादुर बोहरासंग पुराना फाटेका कपडा बोक्ने झोला बाहेक अर्को सम्पत्ति थिएन्। केही बर्ष कैलालीका स्थानिय बासिन्दाका गाई चराउने काम समेत उनले गरे।

यसरी  गाई चराउने काम गरे बापत पाईने साँझ विहानको खानाले मात्रै जीविका नचल्ने भएपछि कामकै उनी खोजीमा भारत तर्फ लागे।

एक बर्षको भारत बसाईमा उनले  भारतीयले थोरै लगानीको सानै कार्य गरेर पनि परिवारको खर्च सहजताका साथ चलाएको देख्दा स्वदेशमै गएर निरन्तर एउटै कार्य गरेर अगाडी बढने दृढ निश्चय गरे र उनी नेपाल फर्किए हाल कञ्चनपुरको शुक्लाफाँटा नगरपालीका १० मा बस्दै आएका ४० बर्षिय बोहराले भने, 'घर फर्कने कुरै थिएन, घर जग्गा पहिरोले लगि सकेको थियो । बुवाको सानै छदा देहवसान भएपछि आमाले अर्कै संग विहे गरेर घरजम गरि सकेकि थिईन्,पुनः कैलालीको धनगढी पुगेर झोला बोकेर खुटिया तर्फ जादै थिए, एउटै सीप सिक्ने दृढ इच्छा लिएर, बाटोमा हिडदै गर्दा शक्तिमान ट्रकका चालकले काम गर्छौ भनेर सोधे, मैले हुन्छ भने, सह चालकको रुपमा कार्य गर्न थाले'

सह चालक हुदा चालकबाट निकै गाली खानु पर्ने र कुटाई खानु त नियम झै थियो त्यति बेला विगत सम्झदै उनले भने, 'जति गाली र कुटाई खाए पनि कार्य छाडेन ।म संग अर्को विकल्प पनि त थिएन, नत घरनै थियो, न बास बस्ने ठेगाना।'

यसरी सह चालकका रुपमा काम गर्दै जादा दुई बर्ष पछि चालक अनुमति पत्र(लाईसेन्स) बनाएर मासिक तीन सय तलव पाउने गरी कार्य गर्न थाले। थोरै तलवले खर्च चलाउन मुश्किल थियो।

चालक बनेपछि धेरैले पत्याउन थालेपछि गाडी चालकका रुपमा नियुक्त गरेर काम दिन थालेपछि  ४० हजार बचत गर्न सके उनले भने, 'त्यहि पैशाले जुन ट्रकमा सह चालक बनेर कार्य गरेको थिए, सोही किने।'  त्यसै बेला उनले प्रेम विवाह समेत गरे ।

केही बर्ष पछि ४० हजारमा किनेको ट्रक बेचेर तीन लाख हात लाग्यो। सोही पैसाले उनले नयाँ ट्रयाक्टर किनेर कार्य गर्न थालेपछि आम्दानी बढन थाल्यो। साझेदारीमा उनले पार्वती निर्माण सेवा कम्पनी खोले।

हाल उनीसंग झलारी बजारमा बस्नका लागि पक्कि घर छ।  उनी संग हाल दुई वटा व्याकहो लोडर(स्काभेटर) दुई वटा टिप्पर, दुई वटा ट्रयाक्ट र मोटरसाईकलका मालिक रहेका छन्। उनको कम्पनीमा हाल १० जना भन्दा बढीले रोजगारी पाएका छन्।

कम्पनीको नाममा उनको पूर्व पश्चिम राजमार्ग संगै जोडिएको क्षेत्रमा  दुई करोड बढी मूल्यको तीन कठ्ठा जग्गा समेत किनेका छन्। ट्रकमा खलासी हुँदा नचिन्नेहरु हाल निर्माण कम्पनीको मालिक बनेपछि उनलाई साहुका रुपमा चिन्ने गरेका छन्।

पहिला चालक त हो भन्थे उनले भने 'हाल सामाजमा इज्जत पाईन थालेको छ,सानै छँदा निकै दुःख व्यहोरे, विद्यालयको मुख देख्न पाईन त्यसैले निर्माण कम्पनी दर्ता गरेपछि साझेदार राखेर ठेक्का पट्टाको कार्य लाई पनि अगाडी बढाउने योजना रहेको छ।'

आफ्नै देशमा लगन र परिश्रमका साथ कार्य गरी बचत गरे लाखौं कमाउन सकिन्छ । उनले भने, 'म संग के नै थियो र अहिले जे छ मिहिनेत र परिश्रम र बचत गर्ने बानीले यहाँ सम्म ल्याई पुरयाएको छ।' 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.

कमेन्ट

  • अति उत्कृष्ट प्रेरणादाई फिचर समाचार छ । मन पर्यो, यस्ता प्रेरणादाइ खबरका लागि थाहा खबरलाई धन्यवाद । तर यस्ता समाचार लेखकको नाम पनि उल्लेख भएको भए सुनमा सुगन्ध नै हुन्थ्यो कि ?