|
फाइल फाेटाे

काठमाडाैं : प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क)मा देखिएको असमझदारी हटाउन पहल गरिरहेको बताएका छन्। सार्कका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले सार्कमा देखिएको असमझदारी हटाउन आफूले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र पाकिस्तानका प्रधानमन्त्री साहिद खकान अब्बासीसँग आग्रह गरेको स्पष्ट पारे।

आइतबार काठमाडौंमा ‘रिजनल कन्फरेन्स अफ सार्क इफेक्टिभनेस’ नामक पुस्तकको विमोचन गर्दै प्रधानमन्त्री ओलीले भारत र पाकिस्तानकै कारण सार्क क्षेत्रमा देखिएको असमझदारी हटाउन अध्यक्ष राष्ट्रको हैसियतमा नेपालले वार्तालाई जोड दिएको बताए। प्रधानमन्त्रीले राष्ट्रहरूबीचको असमझदारीका कारण दुई देशीय, क्षेत्रीय वा अन्तर्राष्ट्रिय संगठनको औचित्यमाथि प्रश्न उठाउन उपयुक्त नहुने तर्क पनि गरे।

प्रधानमन्त्री ओलीले नेपाल भ्रमणमा आएका पाकिस्तानी प्रधानमन्त्री अब्बासी र भारत भ्रमणमा जाँदा भारतीय प्रधानमन्त्री मोदीसँग सार्कभित्रका असमझदारी हटाउन आग्रह गरेकाे बताए। प्रधानमन्त्री ओलीले नेपालमै सार्कको सचिवालय भएकाले पनि यसको प्रभावकारी संचालनका लागि आवश्यक पहल गर्ने दायित्व नेपालमाथि रहेको पनि स्मरण गरे।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.