|

काठमाडौं : सार्वजनिक यातायातमा सहचालकका रूपमा कार्यरत १२ जना बालकको उद्धार गरिएको छ। जोखिमपूर्ण श्रम क्षेत्र मानिएको सार्वजनिक यातायातमा कार्यरत १६ वर्षमुनिका बालकलाई काठमाडौंको स्वयंभूबाट उद्धार गरिएको हो।

काठमाडौं उपत्यकामा संचालित सार्वजनिक यातायात (बस, मिनी बस, माइक्रो बस, टेम्पो र ढुवानीका साधनलगायत)का साधनहरू बालश्रमरहित बनाउने अभियानअन्तर्गत स्वयंभूमा अनुगमन गरिएको हो। श्रम कार्यालय बागमती, केन्द्रीय बालकल्याण समिति र बालअधिकारका क्षेत्रमा कार्यरत निकाय तथा संघसंस्थाहरूको सहकार्यमा १९१ वटा गाडीमा अनुगमन गरिएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ।

समितिका अनुसार उद्धार गरिएका बालकलाई संरक्षण तथा उचित व्यवस्थापनका लागि संस्थामा पठाइएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.