|

काठमाडौं : पूर्व प्रधानमन्त्री सुशील कोइरालाको नाममा 'सुशील श्री' पुरस्कारको स्थापना हुने भएको छ। सुशील कोइराला मेमोरियल फाउन्डेसनले सुशील श्री पुरस्कारको स्थापना गर्ने निर्णय गरेको हो।

नेपाली कांग्रेसका सभापति समेत रहेका स्वर्गीय सुशील कोइरालाको विचार र जीवन दर्शनबाट अभिप्रेरित भएर गैर-नाफा मूलक थिंक ट्यांकको रूपमा स्थापना भएको फाउण्डेशनले युवाको प्रत्यक्ष सहभागितामा भोलिको नेपालको मार्गचित्र निर्माणमा सरिक गराउन सुशील श्री पुरस्कारको स्थापना गर्ने निर्णय गरेको जारी विज्ञप्तिमा जनाइएको छ। 

फाउण्डेशनले यस वर्षदेखि राष्ट्रव्यापी लेख प्रतियोगिता आयोजना गरी पुरस्कार दिने निर्णय गरेको छ। ‘नेपाल सम्बन्धी युवाको बुझाइ, दृष्टिकोण र नेतृत्व क्षमतालाई लेख मार्फत व्यक्त हुने गरी उत्कृष्ट लेखलाई सुशील श्री पुरस्कारबाट सम्मानित गरिनेछ,’ विज्ञप्तिमा उल्लेख छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.