|

उदयपुर : तस्करको शैलीमा सामुदायिक वन क्षेत्रमा रातारात स्काइभेटर प्रयोग गरेर सडक निर्माण गरिएको छ। उदयपुरको कटारी–४ सिम्लेको मरुवाहरित सामुदायिक वनमा मध्यरातमै वन फाडेर दुई किलोमिटर सडक निर्माण गरिएको हो।

मरुवाहरित सामुदायिक वन उपभोक्ता समितिका सचिव विनोद दनुवारले वैशाख ६ गते सडक निर्माण गरिएको बताए। सिद्धिचरण राजर्मागसँग जोडिएको बज्रकन्य मन्दिरदेखि मरुवाहरित सामुदायिक वन क्षेत्रभित्र झण्डै २ किलोमिटर दोहोरो यातायता संचाल हुन सक्ने सडक खनिएको छ। 

मरुवाहरित सामुदायि वन क्षेत्र हुदै कटारी नगरपालिका ७ स्थित मरजेटपुरमा सडक निर्माण गर्ने योजना थियो। मरजेटपुरमा रहेको र्सौय सिमेन्ट उद्योगको चुन ढुंगा खानीसम्म सडक विस्तार गर्ने योजना अघि सारिए पनि वातावरणीय असर प्रभाव मूल्यकन लगायतका काम नभएको भन्दै सामुदायिक वनले सडक विस्तार हुन दिएको थिएन।

वडा नम्बर ४ का वडाअध्यक्ष कृष्णराज दनुवारले उक्त सडक निर्माणबारे थाहा नभएको बताए। वडा क्षेत्रमा सडक निर्माण हुँदा समेत वडा कार्यालयसमेत बेखबर रहेको छ।

ईलाका प्रशासन कार्यालय कटारीका अधिकृत सुनिल पौडेलले कसले सडक खनेको थाहा नभएकोले अनुसन्धान गरिरहेको बताए। वन कर्मचारीको निसक्रियता र उपभोक्ता समितिका पदाधिकारी बाहिर रहेको समयमा वन क्षेत्रमा अतिक्रमण हुने गरेको सर्वसाधरणले गुनासो गरेका छन्।

सेक्टर वन कार्यालयका सहायक वन अधिकृत बद्री साहले राताराता बाटो निर्माण भएको जानकारी आएको र कसले खनेको हो आधिकारिक जानकारी नआएको बताए। उक्त सडक सिद्धिचरण राजमार्गको सिम्लेदेखि कटारी नगरपालिकाकै मर्जेतपुरमा जोडिने ग्रामिण सडकमा लगेर जोडिएको छ।

उक्त सडकबाट सौर्य सिमेन्टका लागि कटारी–८ को खानीबाट चुनढुंगा ढुवानी गर्ने ट्रिपरहरु संञ्चालन हुँदै आएको छ। जिल्ला वन कार्यालय उदयपुरका प्रमुख विष्णुप्रसाद भण्डारीले वनमा खनिएको सडक बारे अनुसन्धान भइरहेको बताए। ‘कस्ले सडक निर्माण गरेको हो,’ भण्डारीले भने, ‘हामी अनुसन्धानको प्रक्रियामा छौ।’ 

सडक निर्माण गर्दा साल जातका लाथ्रा तीन दर्जनभन्दा बढी क्षति भएको वन समूहले जनाएको छ। वन कार्यालयनै वेखवर रहेको भन्दै उपभोक्ता समुहले आपत्ति समेत जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.