|

काठमाडौं : राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले जग्गा उपलब्ध नहुँदा विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको जनाएको छ।

भूकम्पले क्षतिग्रस्त बनाएका विद्यालय पुनर्निर्माणको कामले गति नलिईरहेका बेला प्राधिकरणले जग्गा उपलब्ध नहुँदा समस्या परेको प्रष्टिकरण दिएको हो। आईतबार काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्राधिकरणका शिक्षा केन्दी्रय आयोजना कार्यान्वयन इकाइका निर्देशक इमनारायण श्रेष्ठले जग्गा उपलब्ध नहुँदा पनि विद्यालय पुनर्निर्माणको काममा ढिलाई हुन गएको बताए।

त्यसैगरी निर्माण व्यवसायीहरुको उदासिनता, भौगोलिक विकटता, निर्माण सामग्रीको मूल्यमा उत्तरचढाव आएका कारण पनि विद्यालय पुनर्निर्माणको कामले गति लिन नसकेको प्राधिकरणको भनाई छ ।

प्राधिकरणले हालसम्म ३ हजार ६ सय १३ वटा विद्यालय पुनर्निर्माणको काम सम्पन्न गरेको छ । त्यसमध्ये विद्यालय व्यवस्थापन समितिले २ हजार ५ सय ६१ निर्माण व्यवसायीले २ र गैर सरकारी संस्थाहरुले १ हजार ५० वटा विद्यालय पुनर्निर्माण कार्य सम्पन्न गरेको पनि निर्देशक श्रेष्ठले जानकारी दिए।
भूकम्पले क्षति पु¥याएको विद्यालयको संख्या ७ हजार ९ सय २३ वटा रहेका छन । आगामी असारसम्म ४५ सय भन्दा बढि विद्यालय पुनर्निर्माणको काम सम्पन्न गर्ने प्राधिकरणको योजना छ । ५ सय विद्यालयको पुनर्निर्माणको काम जग्गाको अभावका कारण स्थगित गर्नु परेको पनि निर्देशक श्रेष्ठले बताए।

प्राधिकरणले विद्यालयको पुनर्निर्माणको कामलाई विद्यालय व्यवस्थापन समिति, निर्माण व्यवसायी र गैरसरकारी संस्थाहरुमार्फत् अघि बढाएको छ । सबै विद्यालयको पुनर्निर्माण सम्पन्न गर्न करिव १ खरव ३० अरव बजेट लाग्ने अनुमान गरिएको छ ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.