|

हेटौँडा : प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले देश अब विकास र समृद्धिको अभियानमा अघि बढेको बताएका छन्। उनले अब कुरा कम र काम बढी गर्ने बेला आएको भन्दै यसतर्फ सबैको ध्यान केन्द्रित हुनुपर्ने बताए। 

लगानी बोर्डको आयोजनामा आइतबार हेटौँडामा भएको अन्तर्क्रिया कार्यक्रममा मुख्यमन्त्री पौडेलले प्रदेश ३ लगानीका लागि सबैभन्दा उपयुक्त प्रदेश भएको भन्दै नीतिगत रूपमा यसलाई अझ सहजीकरण गरिने बताए। उनले उत्पादनकमूलक र धेरैभन्दा धेरै रोजगारी सिर्जना गर्ने क्षेत्रमा लगानी गर्न आग्रह गर्दै निजी क्षेत्रसँग हातेमालो गर्न प्रदेश सरकार तयार रहेको बताए। 

कार्यक्रममा प्रदेश सरकारका आर्थिक मामिला तथा योजनामन्त्री कैलाश ढुंगेल, भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामा, आन्तरिक मामिला तथा कानुनमन्त्री शालिकराम जम्मकट्टेल, प्रमुख प्रतिपक्षी दलका नेता ईन्द्रबहादुर बानियाँ, प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि, नेपाल उद्योग वाणिज्य महासंघका प्रदेश ३ का अध्यक्ष दिनेश श्रेष्ठसहित प्रदेश सांसद, मुख्य सचिवलगायतको सहभागिता थियो।

कार्यक्रममा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत रामप्रसाद अधिकारीले लगानी बोर्डले प्रवर्द्धन गर्दै आएका ठूला परियोजना र प्रदेश ३ को सम्भावनाबारे सहजीकरण गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.