काठमाडौं : गजलवाचन र गायनको शृंखला 'महफिल'मा गजलकार सुमन स्मारिका र जया ओझाले शनिबार गजलवाचन गरे।
टिकट काटेर महफिल सुन्न आएकाहरूले गायक मनोजराजको आवाजमा गजलहरू पनि सुने।
राजधानीको कालिकास्थानस्थित सर्वनाम थिएटरमा आयोजित महफिलमा गजलकारद्वय स्मारिका र ओझाले तीन चरणमा नौ-नौवटा गजल वाचन गरेका थिए।
प्रेम प्रणय, समाज, राजनीति, विकृति र विसंगतिलाई कथ्य बनाएका स्मारिका र ओझाका गजलले श्रोताको ध्यान तानेका थिए। स्मारिकाले दर्शकको आग्रहमा एउटा गजल बढी वाचन गरेकी थिइन्।
सर्वनाम थिएटरको सहकार्य तथा मधुवन, उर्वरा फाउण्डेशन, शब्द घर रलगायतको आयोजना सम्पन्न कार्यक्रमको संयोजन तथा संचालन गजलकार बाबु त्रिपाठीले गरेका थिए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।