|

काठमाडौं : लागुऔषध कारोबार गर्ने गिरोहका चार जना पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले डाइजिल्याब एम्पुल ५७६ थान, फेनार्गन ५९० थान नोफिन ५५६ थान बरामद गरेको छ। महानगरीय प्रहरी वृत्त लैनचौर प्रहरीले विशेष सूचनाको आधारमा उनीहरूलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा सोलुखुम्बु दिग्गला- ३ का लाक्पा शेर्पा, सोही ठाउँका रविन गुरुङ, पर्सा लङ्गडी- १ का दीपु कुमार, सोही ठाउँका राजु कुमार रहेका छन्। उनीहरूलाई प्रहरीले विशेष सूचनाको आधारमा कलंकीबाट पक्राउ गरेको हो। उनीहरू प्रयोगकर्ता नभएर कारोबारी रहेकाले थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.