|

काठमाडौं : विमानस्थलबाट हराएको ३३ किलो सुन तस्करी र सनम शाक्य हत्या प्रकरणको अनुसन्धानका लागि पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक (डिआईजी) गोविन्द निरौला पक्राउ परेका छन्। गृहमन्त्रालयको छानबिन समितिले उनलाई आइतबार पक्राउ गरेको हो।  

समितिले नियन्त्रणमा लिएपछि निरौलालाई महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरको हिरासतमा राखिएको प्रहरी स्रोतले बतायो।

तस्करहरूलाई सहयोग गरेको देखिएपछि उनलाई थुनामा राखिएको हो। निरौलाले गत चैत २८ मा अवकाश पाएका थिए। 

निरौला गत वर्ष विमानस्थलमा प्रहरी इन्चार्जका रूपमा कार्यरत थिए।

सोही घटनाको अनुसन्धानका लागि २२ जना यसअघि नै पक्राउ परिसकेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.