|

चितवन : रत्ननगरमा कार्यरत ट्राफिकका प्रहरी नायव निरीक्षक रामचन्द्र खनियाले एक महिलालाई एसिड खन्याएर घाइते बनाएका छन्। उनले आइतबार भरतपुर महानगरपालिका–४ त्रिचोकमा २८ वर्षीया एक महिलाई एसिड खन्याएका हुन् । 

गोरखा घर भएकी विवाहित ती महिला भरतपुरको त्रिचोकमा डेरा गरी बस्दै आएकी थिइन्। त्रिचोक निवासी खनियालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ। घटनाको प्रभारम्भिक अनुसन्धानमा एकतर्फी प्रेम कारण देखिएको प्रहरी उपरीक्षक थापाले बताए। 

एसिड खन्याउँदा श्रेष्ठको टाउको, दाहिने गाला, गर्दन, ढाड, खुट्टालगायत शरीरका विभिन्न भागमा असर गरेको छ। उनको अहिले भरतपुरमा अस्पतालमा उपचार भैरहेको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.