|

इन्डियन प्रिमियर लिग आइपिएलमा राजस्थान रोयल्सले छैटौं खेलमा तेस्रो जित निकाल्दा मुम्बई इन्डियन्स भने पाँच खेलमा चौंथो हारको सिकार भयो। कृष्णनप्पा गौथमले राजस्थानको जितमा निर्णायका पारी खेले। उनले ११ बलमा अबिजित ३३ रनको पारी खेलेका थिए।

टस जितेर पहिले ब्याटिङ गरेको मुम्बइले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय ६७ रन बनाएको थियो। उसका लागि सुर्यकुमार यादवले ७२ रन बनाउँदा इशान किशनले पनि अर्धशतक पुरा गर्दै ५८ रन जोडे।  पोलार्डको २१ रन रह्यो।

१ सय ६८ रनको मध्यम स्कोर राजस्थानले २ बल बाँकी हुँदा पुरा गर्‍याे । राजस्थानका लागि सन्जु सामसनले ५२ रन बनाए भने बेन स्टोक्सले ४० रन बनाउँदै आउट भए । त्यसपछि खेल आफ्नो हातबाट गुमाउन लागेको अवस्थामा आठौं नम्बर आएका ब्याट्सम्यान गौथमले ११ बलमा ४ चौका र २ छक्का प्रहार गरेपछि टिमको सम्भावित हार टरेको थियो। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.