|
फाइल फाेटाे

कञ्चनपुर :  दुर्लभ बन्यजन्तुको सूचिमा रहेको एक सिंगे गैंडाको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा अनुगमनको कार्य शुरु भएको छ।

गैंडाको बासस्थान र सुरक्षाको अबस्था बारे जानकारी लागि निकुञ्ज र राष्ट्रिय प्रकृति संरक्षण कोषका प्राविधिकहरुले अनुगमनको कार्य शुरु गरेका हुन। निकुञ्जमा १७ वटा गैंडा संरक्षित रहेका छन्।

पहिलो पटक सन् २००० मा चितवन राष्ट्रिय बन्यजन्तु निकुञ्जबाट स्थानान्तरण गरी चार वटा गैंडा शुक्लाफाँटामा ल्याइएको थियो। त्यस पछि गत बर्ष मात्रै पाँच वटा गैंडा निकुञ्जमा ल्याइएका हुन्।

स्थानान्तरण भएको डेढ दशक पछि गैंडाको संख्या सन्तोषजनक रुपम बृद्धि हुदै गएको निकुञ्जका निमित्त मुख्य संरक्षण अधिकृत गोपाल बहादुर घिमिरेले बताए।
 ‘संरक्षणका हिसाबले गैंडाको संख्यामा बृद्धि हुनुलाई सुधारन्मुख भन्न सकिन्छ’ उनले भने। निकुञ्जको सलगौंडी क्षेत्र गैंडाको मुख्य क्रिडा स्थलका रुपमा रहेको छ। पयाप्त ताल र सिमसार क्षेत्र भएकाले यहाँ गैंडाका लागि राम्रो व्यवस्था रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.