|

काभ्रेपलाञ्चोक : बनेपामा यसपटक अरुबेलाभन्दा रोचक र आकर्षक खेलकुद प्रतियोगिता भयो। ‘सबैका लागि योग, सधैंका लागि योग’ भन्ने नाराका साथ भएको प्रथम उपत्यकाव्यापी दुई दिने योग खेलकुद प्रतियोगिताका सहभागीले योगाका आकर्षक आसन प्रदर्शन गरेका थिए। 

नेपाल योग खेलकुद संघको आयोजना शनिबार सम्पन्न प्रतियोगितामा ११ देखि १७ वर्ष उमेर समूहका पुरुषतर्फ किरण न्यौपाने प्रथम, किरण दंगाल दोस्रो र सत्य घिमिरे तेस्रो भए। महिलातर्फ करिश्मा घिमिरे प्रथम, तुसली महासेठ दोस्रो र स्मृति सापकोटा तेस्रो भइन्।

एकल प्रतिस्पर्धामा १८ देखि ४९ वर्षसम्मका प्रथम जगवीर श्रेष्ठ, दोस्रो महेन्द्र राई, तेस्रो प्रवास थापा मगर भए भने महिलातर्फ रमा पाण्डे प्रथम, निशा श्रेष्ठ दोस्रो र शोभा शर्माले तेस्रो पुरस्कार प्राप्त गरिन्। सो प्रतियोगितामा ५० वर्षभन्दा माथिका एकलतर्फ कृष्णप्रसाद नराल र महिलातर्फ अष्टलक्ष्मी श्रेष्ठ भए उत्कृष्ठ ठहरिए।

उक्त प्रतियोगितामा मिस्टर योगीमा किरण न्यौपाले र मिसेस योगीमा करिश्मा घिमिरेले उपाधि चुमे। दुवै जना बैशाख २१ देखि २३ सम्म आयोजना हुने दक्षिण एशियाली स्तरको योग खेलकुद प्रतियोगितामा भाग लिन पाउने भएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.