|

निकारागुवामा सरकारविरुद्ध हुँदै आएको प्रदर्शनका क्रममा एक पत्रकारको हत्या भएको छ।

स्थानीय पत्रकार तथा एल मेरिदिआनो कार्यक्रमका निर्देशक एन्जेल गहोनाको हत्या भएको हो। दक्षिणी क्यारेबियाली तटमा रहेको ब्लुफिल्ड्स सहरमा हत्या हुनुअघि उनी फेसबुकमा प्रत्यक्ष (लाइभ) रिपोर्टिङ गरिरहेका थिए। 

सामाजिक संजालमा उनले हत्या हुनुअघि तयार पारेको भिडियो भाइरल भएको छ। भिडियोमा अचानक गोली लागेर उनी ढल्छन्। गोली कसले चलाएको हो भन्ने प्रष्ट हुन सकेको छैन।

गत बुधबारदेखि निकारागुवामा सामाजिक सुरक्षा र पेन्सनमा सुधारका लागि सरकारलाई दबाब दिन प्रदर्शन हुँदै आएको छ। आन्दोलनमा अहिलेसम्म २५ जनाको ज्यान गुइसकेको निकारागुवाको मानव अधिकार आयोगले जनाएको छ। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.