|

सुर्खेत : कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम सोमबार प्रस्तुत हुँदैछ। दिउँसो १ बजे बस्ने प्रदेशसभा बैठकमा प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रदेश प्रमुख दुर्गाकेशर खनालले कार्यक्रम प्रस्तुत गर्ने कार्यसूची रहेको छ।

पहिलो पटक ल्याउन लागेको तीन महिने नीति तथा कार्यक्रममा भौतिक पूर्वाधार निर्माणमा जोड दिएको सरकारकी प्रवक्ता बिमला केसीले बताइन्। कर्णाली प्रदेश सरकारले चालु आर्थिक वर्ष २०७४÷७५ का लागि तीन महिने नीति तथा कार्यक्रम संसदमा प्रस्तुत गर्ने तयारी गरेको हो।

सरकारको नीति तथा कार्यक्रममा सरकारले यसअघि गरेका निर्णय भौतिक पूर्वाधार र पर्यटनलाई समेटिएको बताइएको छ। सरकारले एक अर्ब दुई करोड पाँच लाख रुपैयाँ खर्चिने गरी आगामी असार महिनासम्मका लागि नीति तथा कार्यक्रम ल्याउने तयारी गरेको हो।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.