|

काठमाडाैं : नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबार पनि जारी छ । 

पार्टी केन्द्रीय कार्यालय सानेपामा सोमबार बिहान ८.३० बाट जारी बैठकमा निर्वाचनमा पार्टीले बेहोरेको हारको समिक्षा भइरहेको प्रवत्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

निर्वाचनको समिक्षा गर्न बैठक गत चैत ९ गते शुरु भएको बैठक चैत १६ गते नेता खुमबहादुर खड्काको निधन भएपछि स्थगित भएको भियो। सोमबार बाट पुन शुरु भएको बैठकमा हालसम्म ४९ जनाले धारणा राखिसकेको शर्माले  बताएको छ।

सोमबार कुलबहादुर गुरुङ, मिन विश्वकर्मा, इश्वरी पौडेल, देवेन्द्रराज कँडेल र बहादुर सिंह लामाले आ–आफ्नो धारणा राखेका थिए।  कुलबहादुर गुरुङले पार्टीमा गुटबन्दी मौलाएको भन्दै देउवालाई दिएको समर्थन फिर्ता लिएका थिए। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.