|

सोलुखुम्बु : जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुले विभिन्न अपराधमा संलग्न अभियुक्तहरूलाई आइतबार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। जिल्लामा भएका शृङ्खलाबद्ध चोरी, सार्वजनिक अपराध तथा जबर्जस्ती करणी जस्ता जघन्य अपराधमा संलग्न भएको आरोपमा पक्राउ परेकाहरुलाई सार्वजनिक गरिएको हो।

प्रहरीले केही समययता सफल भएका अपरेशनहरूको बारेमा पत्रकारहरूलाई जानकारी गराएको हो। 

चार वर्षदेखि आफ्नै छोरीलाई करणी गर्ने पक्राउ

आफ्नै छोरीलाई ११ वर्षको उमेर देखि डरधम्की देखाई जबर्जस्ती करणी गर्दै आएका ५० वर्षीय बाबुलाई पनि प्रहरीले आइतबार पक्राउ गरेको छ। गत चैत २९ गते विहान १० बजे घरमा कोही नभएको मौका पारी खाना बनाउँदै गरेकी छोरीलाई डर धम्की दिएर जबरजस्ती करणी गरेको र पीडितले आमालाई बताएपछि आमाले प्रहरीलाई उजुरी गरेपछि उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हाल १४ वर्षकी ती बालिकाको पेटमा गर्भ रहेको छ। 

चोरी गर्ने गिरोह पक्राउ

फागुन १३ गते राति सदरमुकाम सल्लेरीका ६ वटा पसल र प्रसिद्ध धार्मिक स्थल तामाखानी मन्दिरमा चोरी गरी फरार भएका  अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ।

चोरीमा संलग्न एक युवकलाई सोलुखुम्बु प्रहरीले कास्कीको पोखराबाट पक्राउ गरिएको डिएसपी रेशमबहादुर पराजुलीले जानकारी दिए।
चोरीमा संलग्न रुपाकोट  मझुवागढी नगरपालिका १२ खोटाङका ओमन भन्ने २२ बर्षिय अनिल श्रेष्ठलाई कास्की पोखराबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। अभियुक्त श्रेष्ठले ओखलढुगां, खोटाङ लगायत अन्य जिल्लाका विभिन्न ठाउँमा समेत चोरी गरेको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ।

चोरी  गर्दा ताला चावी फुटाउन प्रयोग गरेको बाङ्गो फलामको रड र फुटाएका चावी, एक थान मोवाईल समेत प्रहरीले वरामद गरि सार्वजनिक गरेको छ। 

निर्माण सामाग्री चोरीको आरोपमा चार पक्राउ

थुलुङ दुधकोशी गाउँपालिका १ बस्ने १९ बर्षीय अर्जुन भुजेल, सोलुदुधकुण्ड नगरपालिका ११ बस्ने १८ वर्षीय मुकेश खड्का, १९ वर्षीय अर्जुन खड्का, २७ वर्षीय भलबहादुर विश्वकर्मालाई प्रहरीले निर्माण सामग्री चोरीको आरोपमा पक्राउ गरेको छ। घटनामा संलग्न एक जना अझै फरार रहेको पराजुलीले बताए। 
गत चैत २७ गते विहान करिब १ बजेको समयमा सदरमुकाम सल्लेरी स्थित एक पसलबाट जस्तापाता, रड लगायतका सामग्री चोरी गरेर लाँदै गरेको अवस्थामा उनीहरू पक्राउ परेका हुन्।

विप्लव समुहका दुई जना पक्राउ

वैशाख ४ गते नेपाल कम्युनिष्ट पार्टी माओवादी (विप्लव) समुहका कार्यकर्ता हौं भन्दै सवारीसाधन रोक्ने, बाटो छेक्ने, विभिन्न व्यक्तिलाई धाकधम्की दिएर अशाान्ति फैलाएको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ। उनीहरुलाई पनि प्रहरीले आइतबार सार्वजनिक गरेको छ।

पक्राउ पर्नेमा जनपरिषद् नेपालका जिल्ला संयोजक समेत रहेका सोलुदधकुण्ड नगरपालिका ११ तिंलाका २३ वर्षीय (चिरन) भनिने विवेक राई र नेपाल कम्युनिष्ट पार्टीका जिल्ला इन्जार्च समेत रहेका थुलुङ दुधकोशी गाउँपालिका ८ बस्ने ३५ वर्षीय मनिष भनिने मणिकुमार राई रहेका छन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.