|

काठमाडौं : दोस्रो पटक राष्ट्रपति पदमा निर्वाचित भएपछि विद्यादेवी भण्डारीले पशुपतिनाथ र वासुकी मन्दिरमा पञ्चामृत स्नानसहित विशेष पूजा गरेकी छन्।राष्ट्रपति भण्डारीले उक्त अवसरमा पहिलो महिनाको तलब पशुपतिनाथलाई अर्पण गरेको घोषणा गरेकी हुन्।

राष्ट्रपति भण्डारीले सोमबार पारेर पशुपतिनाथ मन्दिरमा ५ हजार १०० को रसिद काटी विशेष पूजा गरेकी पशुपति क्षेत्र विकास कोषले जनाएको छ। उनले पशुपति दर्शन विधिअनुसार मूल मन्दिर परिक्रमा गरी कामु मूल भट्ट रामकारन्त भट्टबाट विशेष पूजा गराएका हुन्।

मन्दिरमा पूजाआजापछि राष्ट्रपति भण्डारी कोषको कार्यालय गएर पशुपति क्षेत्रमा सञ्चालित राष्ट्रिय गौरवको आयोजना, भूकम्पपछिको पुनःनिर्माणलगायत गतिविधिका बारेमा जानकारी लिएको कार्यकारी निर्देशक रमेशकुमार उप्रेतीले जानकारी दिए।

कोषका पदाधिकारीसँग कुरा गर्दै उनले विश्वका वैदिक सनातन धर्मावलम्बीको आस्थाको केन्द्र पशुपति क्षेत्रलाई अझ व्यवस्थित बनाउन र पशुपति क्षेत्रको खाली जग्गामा धार्मिक प्रजातिका वृक्ष रोपण गर्न सुझाव दिए।

उक्त अवसरमा राष्ट्रपति भण्डारीलाई कोषका सदस्य सचिव डा. प्रदीप ढकालले पशुपति क्षेत्रमा भइरहेका गतिविधिका बारेमा जानकारी गराए। भण्डारी पहिलो पटक राष्ट्रपति निर्वाचित भएपछि पनि पशुपतिनाथ र वासुकी मन्दिरमा विशेष पूजा गरेकी हुन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.