|

काठमाडौं : पूर्व प्रधानसेनापति रुकमाङ्गत कटवालले नेपाली सेनाका अधिकृतहरूलाई अगाडि कस्तो काम गर्ने भन्नेबारे टिप्स दिएका छन्। उनले आफू जुनियर अधिकृत पदबाट सेनापतिसम्म पुगेको अनुभव सुनाए। उनले यस क्रममा गर्नुपर्ने कामका विषयमा भर्खरै अधिकृत क्याडेटमा नाम निकालेकाहरूलाई आफ्ना अभुभव सुनाएका थिए। 

उनले माथिल्लो निकायले प्रशंसा गर्ने र तल्लो निकायले विश्‍वास गर्ने गरी काम गर्नका लागि आग्रह गरेका थिए। सिपाहीहरूको मन जितरे काम गर्नका लागि समेत अधिकृतहरूलाई कटवालले आग्रह गरे।

'म जुनियर अधिकृतबाट नेपाली सेनामा छिरेको हुँ, मलाई मेरो हाकिमले सिपाहीको आँशु होइन, आशिर्वाद खानु पर्छ भन्नु भएको थियो, तपाईहरूलाई पनि म त्यहीँ भन्न चाहन्छु' सोमबार नेपाली सेनाको लागि आवश्य शैक्षिक प्रशिक्षण दिने संस्था डिक्यानले आयोजना गरेको कार्यक्रममा कटवालले  भने।

उनले पृथ्वीनारायण शाहा जस्तो निडर बन्नको लागि समेत अधिकृतहरूलाई आग्रह गरे। साथै राष्ट्र जोगाउन जस्तो सुकै ठूलो चुनौति भोग्न तयार हुनु पर्ने उनको भनाई थियो।' निकै ठूलो चुनौति छ, राष्ट्रलाई सर्वोपरी ठानेर मर्न समेत तयार हुनुपर्छ' कटवालले भने। उनले निडरताका साथै धैर्यता पनि त्यतिकै खाँचो भएको विषयमा अधिकृतहरूलाई जानकारी गराए।

गत वर्ष नेपाली सेनामा १४४ जनालाई आवेदन खुलाएकोमा डिक्यानबाट मात्रै ७१ जनाले पास गरेका छन्। डिक्यानले नेपाली सेनाको अधिकृत क्याडेट, जवान क्याडेट तथा सैन्य क्याडेट सशस्त्र प्रहरी बलको लागि इन्सपेक्टर, असई र जवान क्याडेटका साथै राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान अधिकृत, सहायक अधिकृत र प्राविधिक पदमा समेत प्रशिक्षण दिने गर्छ। सुरक्षा क्षेत्रमा रहेका पूर्व उच्च अधिकारीले दुई वर्ष अघिदेखि डिक्यान सञ्चालनमा ल्याएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.