|

काठमाडौं:  शेयर बजारमा उतारचढाव स्वभाविक बताउछन् विश्‍लेषक तथा लगानीहर्ताहरू। यस साताको पहिलो दिन कारोबार सुरु भएदेखि उकालो लागे बन्द हुँदासम्म ५० अंकले वृद्धि भयो। सोमबार दोस्रो दिन भने दिनभर अधिक उतार चढाव देखियो।

एक हजार ४३९ बाट कारोबार सुरु भएकोमा चार घण्टासम्म नेप्से रोटेपिङ जस्तो तल माथि भयो। बजार खुलेको १५ मिनेटमा २१ अंकले वृद्धि भइ एक हजार ४६० अंकमा पुग्यो।

दिउँसो ११:३५ मा एक हजार ४३७ अंकमा झरेको नेप्से १२ बज्दा एक हजार ४५५ अंकमा उक्लियो। १२:४० बज्दा एक हजार ४३० अंकमा झरेको नेप्से १:१५ मा एक हजार ४४४ मा पुग्यो त्यसपछिको एक घण्टा ४६ अंक तल झर्दा दिउँसो २:१५ मा एक हजार ३९८ मा पुग्यो।

त्यसपछिको ४५ मिनेट पनि बजारमा उतारचढाव कायमनै रह्यो। २:४५ मा एक हजार ४३३ अंकमा पुगेको नेप्से बजार बन्द हुँदा कारोबार सुरुभएको विन्दु भन्दा १६ अंकले ह्रास आई २७.६४ अंकले ह्रास आई एक हजार ४१०.८५ विन्दुमा झरेको छ।

यस दिन शेयर बजारमा सबै भन्दा बढी प्रभाव पार्ने वाणिज्य बैंक अन्तर्गतका उपसूचक २५.१६ अंकले घट्दा विमा ८८ र होटल ७८ अंकले घटे।

सोमबार पनि कारोबार भने उल्लेख्य भएको छ। १७० कम्पनीका ३१ लाख १४ हजार ६१८ कित्ता शेयर पत्रको किनबेच हुँदा एक अर्ब ५१ करोड ९९ लाख ४२ हजार ८१५ रुपैयाँ बराबरको कारोबार भएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.