|

काठमाडौ‌‌‌‌: उद्योगी व्यवसायीहरुले आर्थिक वर्ष २०७५/७६ को वजेटमा निजी क्षेत्रको सुझाबहरुलाई पनि सम्वोधन गरी बजेट तयार पार्न आग्रह गरेका छन्। उद्योगी  व्यवसायीहरुका अप्ठेरोलाई ख्याल गरी नयाँ बजेट ल्याएमा समृद्ध नेपाल खुशी नेपाल’ को सरकारी नारा पूरा हुने बताउदै क्षेत्रगत समस्या समधानमा लाग्न आग्रह गरेका हुन्।

सोमबार नेपाल चेम्वर अफ कमर्सले ‘आगामी वर्षको बजेट र राजश्व नीति तर्जुमाका सन्दर्भमा गरेको कार्यक्रममा उद्योगी व्यवसायीहरुले व्यवसायीहरुको हित अनुकुल हुने गरी बजेट ल्याउन  आग्रह गरे। चेम्वरका अध्यक्ष राजेश काजी श्रेष्ठले सहज तरिकाले व्यापारव्यवसाय चलाउन पाउने गरी बजेट ल्याउन आग्रह गरे। बजेट ल्याउनु अघि निजी क्षेत्रले दिएका सुझाबहरु पनि समेटने गरी आउनुपर्ने श्रेष्ठको माग छ।

राजश्व सचिव शिशिरकुमार ढुंगानाले उद्योगी व्यवसायीहरुका बस्तुनिष्ठ तथा कार्यान्वयनयोग्य सुझाबहरुको सम्वोधन गरी नयाँ बजेट ल्याउने बताए। उनले राजश्व संकलनलाई मध्यनजरी गरी आर्थिक समृद्धिका आधार तय गर्ने गरी नयाँ बजेट आउने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.