|

काठमाडाैं : सरकारले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णयमा पुनर्विचार गर्न नसकिने स्पष्ट पारेका छन्। भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले यातायात क्षेत्रमा लगाइएको सिण्डिकेट खारेज गर्ने निर्णय कार्यान्वयन गर्नुको विकल्प नरहेको पनि बताए।

मन्त्री महासेठले यातायात क्षेत्रका संघ, संस्थालाई कम्पनी ऐनमा ल्याउन सरकारले तीन महिनाको समय दिएको पनि स्पष्ट पारे। सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री महासेठले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन त्यसका संघ, संस्थाहरूको दर्ता र नवीकरणको काम जिल्ला प्रशासन कार्यालयबाट नगराउने निर्णय लिनु परेको बताए।

मन्त्री महासेठले सरकारले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन सार्वजनिक यातायातको सिट संख्याको उचित व्यवस्थापन गर्ने आश्वासन पनि दिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.