|

काठमाडौं : अमेरिकामा बस्दै आएका पत्रकार किशोर पन्थीले १२ बैशाख २०७२ को भूकम्पपछिको विषय वस्तुलाई समेटेर लेखेको कम्पन पुस्तक सार्वजनिक गरिएको छ। सोमबार पूर्व प्रधानमन्त्री माधवकुमार नेपाल र डाक्टर बाबुराम भट्टराईले कम्पन पुस्तको विमोचन गरेका हुन्।

महाभूकम्पका पीडित, त्यसबाट मुश्किलले बाँचेकाहरु, उद्दार कार्य र आफूले रिपोर्टिङक्रममा देखेका विषयवस्तु पुस्तकमा समेटिएको पत्रकार पन्थीले बताए। विमोचन कार्यक्रममा पन्थीले कम्पन पुस्तक महाभूकम्प पछिको आशय मात्र नभएर आशा जगाउनका लागि लेखिएको उनको भनाई छ। 

काठमाडौं, भक्तपुर ललितपुर बाहेक काभ्रे, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, गोरखा, धादिङ लगायतका जिल्लाहरुमा पुगेर पत्रकार पन्थीले भूकम्पमा आफन्त तथा घरबार गुमाउनेहरु, मृत्युको मुखबाट पनि बँच्न सफल, राहत र उद्दारमा खट्नेहरु, रेस्क्यु अपरेशनमा खट्नेहरु घाइतेको उपचारमा खट्नेहरु लगायत सही सूचना सम्प्रेशणका लागि समाचार संकलनमा खट्नेहरुसँग कुराकानी गरेको बताएका छन्।

त्यही कुराकानीका आधारमा महाभूकम्पजस्ता विपत्तिको सामना आशा, आत्मबल, मानवीयता, सहयोग, सहकार्य र भावनात्मक सम्बन्धका आधारमा कसरी गर्न सकिन्छ भन्ने सन्देश दिन पुस्तक लेखिएको पन्थीले बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.