|

बेलायती राजपरिवारमा नयाँ सदस्य थपिएका छन्। 

राजकुमार विलियम्स र केटले आफ्नो तेस्रो सन्तानको रूपमा छोरालाई जन्म दिएको सोमबार राजदरबारद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। डचेस अफ क्याम्ब्रिज (केट)ले सोमबार स्थानीय समयअनुसार बिहान ११ बजेर १ मिनेटको समयमा आफ्नो तेस्रो सन्तानको जन्म दिएको विज्ञप्तिमा उल्लेख छ। 

 

शिशुको तौल ३.८ किलोग्राम रहेको तथा शिशु र आमा दुवै स्वस्थ रहेको जनाइएको छ। नयाँ शिशु ब्रिटिश राजगद्दीको उत्तराधिकारीको रूपमा पाँचौँ स्थानमा रहनेछन्। 

सन् २०१३ मा राजकुमार विलियम तथा राजकुमारी केटको पहिलो सन्तानको रूपमा नवराजकुमार जर्जको जन्म भएको थियो भने त्यसको दुई वर्षपछि २०१५ मेमा दोस्रो सन्तानको रूपमा नवराजकुमारी शार्लटको जन्म भएको थियो। 

राजकुमारी केटलाई राखिएको लन्डनको सेन्ट मेरिज अस्पतालबाहिर सर्वसाधारण तथा संचारकर्मीहरूको बाक्लो उपस्थिति थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.