|

सुर्खेत : नेपालगंज सडक खण्डमा बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन्। दुर्घटनामा घाइते भएका छ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जानकारी दिएको छ।

नेपालगंजबाट सुर्खेत आउँदै गरेको भे१ख १६९७ नम्बरको फोर्स हायस गाडी र विपरीत दिशा सुर्खेतबाट नेपालगंजतर्फ जाँदै गरेको भे१ख २२६७ नम्बरको बस रत्न राजमार्गको सत्तरी भन्ने स्थान नजिक आपसमा ठोक्किँदा १७ जना यात्रु घाइते भएका हुन्। 

गम्भीर घाइते हुनेहरूमा विरेन्द्रनगर नगरपालिका- ६ का १४ वर्षीय अनुराग सोनी, सााेही नपा- ८ का १९ वर्षीय टेक ढकाल, रुकुम उत्तरगंगा गाउँपालिकाका २१ वर्षीय जनार्दन बुढा, गंगाबहादुर घर्ती, सुर्खेत सिम्ता- १ का विनोदसिंह ठकुरी, विरेन्द्रनगर- ११ का २७ वर्षीय वीरबहादुर विक, कालीकोट नरहरिनाथ गाउँपालिकाका पाँच वर्षीय अंकित विष्टलगायतका रहेका छन्। घाइतेको स्थानीय अस्पताल र नर्सिङ होमहरूमा उपचार भइरहेको छ।

तीन जना घाइतेकाे उपचारका लागि नेपालगंज रिफर गरिएको प्रहरी निरीक्षक शंकर श्रेष्ठले जानकारी दिए। दुर्घटनाका बारेमा अनुसन्धान जारी रहेको प्रहरीको भनाइ छ।


 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.