|

उदयपुर : पूर्वी नेपालमा पर्ने १० जिल्लाका टेबल टेनिस खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन्। सदरमुकाम गाइघाटमा सोमबारदेखि सुरु भएको क्षेत्रीय टेबल टेनिस प्रतियोगिता प्रतिस्पर्धा गरेका हुन्। 

त्रियुगा नगरपालिका गाइघाटको आर्थिक सहयोग तथा जिल्ला खेलकुद विकास समिति उदयपुरको संयोजनमा पूर्वाञ्चल क्षेत्रीय खेलकुद विकास समितिले आयोजनाले गरेको प्रतियोगिता बुधबारसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा १० जिल्लाका ७० जना खेलाडीले सहभागिता जनाएको वरिष्ठ टेबल टेनिस प्रशिक्षक शिवनारायण श्रेष्ठले बताए। 

प्रतियोगितामा उदयपुर, मोरङ, ताप्लेजुङ, तेह्रथुम, इलाम, झापा, सप्तरी, संखुवासभा, पाँचथर र सुनसरी जिल्लाका महिला तथा पुरुष खेलाडीहरूको सहभागिता जनाएको जिल्ला खेलकुद विकास समिति उदयपुरका अध्यक्ष पुष्प विकले बताए।

प्रतियोगिताअन्तर्गत सोमबार भएको पुरुषतर्फको टिम इभेन्टमा झापा र तेह्रथुमका खेलाडीले तेस्रो स्थान प्राप्त गरेका छन्। त्यसैगरी मंगलबार पहिलो स्थानका लागि मोरङ र सुनसरी भिड्ने भएका छन्। महिलातर्फका खेलहरू पनि मंगलबारबाट सुरु हुने आयोजकको भनाइ छ।

प्रतियोगिताको उद्घाटन जिल्ला समन्वय समितिका प्रमुख खड्गबहादुर परियारले गरेका थिए। यसक्रममा उनले जिल्लामै पहिलो पटक भएको प्रतियोगिताले जिल्लाको खेलाडीको क्षमता विकास मात्र नभई पहिचानसमेत झल्कने बताए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.