छापा

छ हजार प्रहरी एकैपटक सरुवा हुँदै, एक हजार ६०० भन्दा बढीको बढुवा
SHARES

फाइल फोटो
बैशाख ११, २०७५

    काठमाडौं : प्रहरी महानिरीक्षकमा बढुवा भएपछि सर्वेन्द्र खनालले संगठनमा लामो समयदेखि सुविधासम्पन्न र लाभ हुने ठाउँमा बस्दै आएका जवानदेखि अधिकृतहरूको नामावली संकलन तीव्र पारेका छन्।

    महानिरीक्षक खनालले लामो समयदेखि तल्लो तहमा रोकिएको बढुवासमेतको फाइल उठाउन निर्देशन दिएपछि कर्मचारी प्रशासन महाशाखाले तयारी तीव्र बनाएको हो। तीन वर्षदेखि तल्लो तहको बढुवा रोकेका तत्कालीन प्रहरी महानिरीक्षकहरू उपेन्द्रकान्त अर्याल, र प्रकाश अर्याललाई चुनौती दिँदै महानिरीक्षक बढुवा भएका खनालले सरुवा र बढुवा एकैपटक अघि बढाउन निर्देशन दिएका हुन्।

    प्रहरी प्रधान कार्यालयले एकैपटक जवानदेखि अधिकृतसम्म गरी छ हजारको सरुवा एक हजार ६०० भन्दा बढीको बढुवा गर्न लागेको छ। प्रहरी प्रधान कार्यालयका कमाइ हुने विभिन्न इकाइमा लामो समयदेखि बस्दै आएका जुनियर तथा सिनियर प्रहरी अधिकृतको सरुवाको तयारी गरेको एक उच्च प्रहरी अधिकारीले जानकारी दिए।

नेपाल समाचारपत्र

राजधानी काठमाडौंबाट प्रकाशित ब्रोडसिट दैनिक पत्रिका हो।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४/९८४१३०४३९१ (प्रेम)
इमेल: ad@thahakhabar.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]