|

काठमाडौं : रिस उठ्यो भन्दैमा कसैलाई गाली नगर्नुस् है, पर्नुहोला नि फन्दामा । हो अब कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना तिर्नुपर्नेछ। त्यति मात्र होइन एकवर्ष कैद वा दुवै सजाय पनि हुन सक्छ।

मुलुकी अपराध (संहिता) ऐन–२०७४ ले यस्ताृ व्यवस्था गरेको हो, जुन यसै वर्ष भदौ १ गतेदेखि लागू हुँदैछ। २०१६ सालमा बनेको ‘गाली र बेइज्जतीको ऐन–२०१६ माथि २०३७ सालमा पहिलो संशोधन गरिएको थियो। सर्वसाधारणको इज्जत र मानमर्यादा कायम राख्न पाउने अधिकारको रक्षाका लागि गाली र बेइज्जतीको कसुरको निम्ति सजायको व्यवस्था गर्न आवश्यक देखिएकाले मन्त्रिमण्डलको सिफारिसमा ऐन जारी गरिएको उल्लेख छ।

यसमा कसैले कसैलाई गाली गरेमा १० हजार रुपैयाँसम्म जरिवाना, एक वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था छ। कसैले कसैको बेइज्जती गरे वा गराएमा निजलाई दुई वर्षसम्म कैद वा २० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने उल्लेख छ।

विद्युतीय वा अन्य आमसञ्चारका माध्यमबाट बेइज्जती गरे वा गराएमा त्यस्तो सजायमा थप एक वर्षसम्म कैद र १० हजार रुपैयाँसम्म थप हुनेछ। मरिसकेका कुनै व्यक्तिलाई यस परिच्छेदबमोजिम बेइज्जती गरेको ठहरिएमा कसुरदारबाट त्यस्तो बेइज्जतीबाट भावनामा चोट लागेको निजको हकवालाई क्षतिपूर्ति दिनुपर्नेछ।

 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.