|

लो-स्कोरिङ खेलमा किङ्स ११ पञ्जाबसँग चार रनले दिल्ली डेयर डेभिल्स पराजित भएको छ। डेभिल्सको यो पाँचौं हार हो।  इन्डियन प्रिमियर लिग (आईपीएल) को रोमाञ्चक खेलमा सोमबार घरेलु मैदानमा दिल्ली ब्याटिङमा खराब प्रदर्शनका कारण प्रतियोगिताको प्लेअफ सम्भावनाबाट टाढा पुगेको छ।

छमध्ये एक खेल गुमाएको पञ्जाबको १० अंक जोड्दै लिग अंक तालिकाको शीर्ष स्थानमा रहेको छ। नेपाली खेलाडी सन्दीप लामिछानेले दिल्लीको छैटौं खेलमा पनि टिममा मौका बनाउन असफल भए। एक सय ४४ रनको सामान्य स्कोर पछ्याएको दिल्ली २० ओभरमा ८ विकेट गुमाएर एक सय ३९ रनमै सिमित भयो।

अन्तिम बलमा जितका लागि दिल्लीलाई छ रनको आवश्यकता थियो तर, त्यही बलमा विकेट गुमाउँदै दिल्ली दोस्रो जितबाट वञ्चित भयो। श्रेयस् एयरले अर्धशतक बनाए पनि अन्य कुनैपनि ब्याट्सम्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन्।

श्रेयसले ४५ बल खेल्दै ५ चौका र १ छक्का प्रहार गरे । राहुल टिवाटियाले २४, पृथ्वी शाहले २२ र ग्लेन म्याक्सवेलले १२ रन बनाए । अन्य कुनै पनि ब्याट्सम्यानले दोहोरो अंक छुन सकेनन् । पञ्जाबका अंकित राजपुत, एन्ड्रयू टे र मुजिब उर रहमानले समान २ र बरिन्द्र श्रनले १ विकेट लिएका थिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले स्टार खेलाडी क्रिस गेललाई मैदानमा उतारेको थिएन जहाँ, मध्यम स्कोरमा खुम्चीएको थियो। २० ओभरमा अाठ विकेट गुमाउँदै एक सय ४३ रन बनाएको थियो । करुन नायरको ३४ रन टोलीका लागि सर्वा्धिक रह्यो । त्यस्तै डेभिड मिल्नरले २६, लोकेश राहुलले २३, मयंक अग्रवालले २१, युवराज सिंहले १४ रन जोडे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.