छापा

भाषा परीक्षाको नाममा कोरिया पुग्यो २१ करोड
SHARES

बैशाख ११, २०७५

    काठमाडौं : रोजगार अनुमति प्रणाली (ईपीएस)मार्फत दक्षिण कोरियामा नेपाली प्रशिक्षार्थी कामदार छनोट गर्नका लागि लिइने नवौँ चरणको कोरियाली भाषा परीक्षाको आवेदन फारामबाटै २१ करोड रुपैयाँभन्दा बढी बाहिरिएको छ।

    ८२ हजार २६४ जनाले कोरियाली भाषा परीक्षाको आवेदन फाराम बुझाएका थिए। ग्लोबल आईएमई बैंकमा प्रतिव्यक्ति २४ अमेरिकी डलरका दरले २१ करोड दुई लाख ६६ अजार ७८४ रुपैयाँभन्दा बढी संकलन भई बाहिरिएको हो।  नेपाल राष्ट्र बैंकले मंगलबारका लागि तोकेको विनिमय दरअनुसार भाषा परीक्षाकै नाममा नेपाली बेरोजगार युवाबाट यति धेरै रकम रोजगारदाता मुलुकमा पुगेको हो।

    नेपाल वैदेशिक रोजगार व्यवसायी संघका अध्यक्ष रोहण गुरुङले भाषा परीक्षाका नाममा यति ठूलो रकम बाहिरिनु दुःखद भएको बताए। यो रकम स्वदेशमै कुनै उत्पादनमूलक क्षेत्रमा लगाउन सकिए अहिले कोरिया जाने कामदारले काउनेभन्दा बढी आम्दानी हुने बताए।

    दक्षिण कोरियामा मासिक तलब न्यूनतम एक लाख रुपैयाँभन्दा बढी हुने कारण नेपाली कामदारको आकर्षण बढेको छ। अहिलेम्म ५५ हजारभन्दा बढी नेपाली रोजगारीका लागि त्यहाँ पुगेको तथ्यांक छ।

राजधानी दैनिक

राजधानी काठमाडौंबाट प्रकाशित हुने ब्रोडसिट दैनिक पत्रिका हो ।

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]