|

पर्वत : मिर्गौला प्रत्यारोपण गर्न आवश्यक रकमको अभाव भएपछि म्याग्दीको धौलागिरी गाउँपालिका–४ का वडासदस्य बमबहादुर पुनले सहयोगको याचना गरेका छन्।

पुनको दुवै मिर्गौलाले काम नगर्ने भएपछि प्रत्यारोपण गर्नुपर्ने भएको हो। प्रत्यारोपका लागि करिब नौ लाख रुपैयाँ लाग्ने अस्पतालले जनाएको छ। त्यत्रो रकम उनीसँग नभएकाले ओमकुमारी शान्ति कोषले उपचार खर्च जुटाउनका सहयोगको अपिल गरेको हो।

केही दिन चिकित्सको नियमित निगरामीमा उपचार गराएर घर फर्किएका पुनले मिर्गौला प्रत्यारोपण गर्नुपर्ने बताए। उनले अहिलेसम्म नियमित उपचार गराउँदै आएका छन्। ‘छोराले कमाएको सबै पैसा पनि सकियो,’ उनले भने, ‘अब मिर्गौला नै प्रत्यारोपण गर्नुपर्ने भएको छ। करिब नौ लाख खर्च हुने रहेछ।’ 

प्रत्यारोपणका लागि श्रीमती रुपा पुनको मिर्गौला ‘म्याच’ भएकाले रकम जुटाउन सहयोगको अनुरोध गरेको पुनले बताए। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.