|

चितवन : भरतपुरका अभियान पौडेल र सेलेस्ता आचार्य ‘च्याम्प चितवन’ बन्न सफल भएका छन्। गैंडाकोटमा सोमबार राति सम्पन्न प्रतिस्पर्धामा १६ जना सहभागीलाई उछिन्दै पुरुषतर्फ अभियान र महिलातर्फ सेलेस्ताले ताज जितेका हुन्।

उनीहरुलाई मिस नेपाल युनिभर्स नग्मा श्रेष्ठले ताज पहिर्याइन्। दुई विधामा घोषणा गरिएको च्याम्प चितवनको पुरुषतर्फ फस्ट रनर अप आर्यान पोखरेल र सेकेन्ड रनरअप संयोग शर्मा घोषित भए। 

यस्तै, महिलातर्फ फस्टरनर अपमा आयुशा काफ्ले र सेकेन्ड रनरअप आर्यान्का केसी घोषित भइन्। होलिडेज क्रियशन होमको आयोजनामा भएको कार्यक्रममा मिस टिन र मिस्टर टिन समेत घोषणा गरिएको थियो।

मिस टिनको ताज अनु श्रेष्ठले पहिरिन्। फस्ट रनरअप अभिप्शा अधिकारी र सेकेन्ड रनर अप साहिशा सापकोटा घोषित भइन्। मिस्टर टिनतर्फ आयुष पाण्डेले उपाधि जिते। फस्टरनर अपमा दिवस अधिकारी र सेकेन्ड रनरअपमा शुशन जोशी विजयी भए। विजेताले १५ हजार रुपैयाँ र साइकल उपहार प्राप्त गरे। फस्टरनर अपले १० हजार र सेकेन्ड रनरअपले पाँच हजार रुपैयाँ पुरस्कार प्राप्त गरे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.