|

भद्रपुर (झापा) : प्रहरीले झापाको काँकडभिट्टा नाकाबाट भन्सार छलेर भित्र्याइएको भारतीय नम्बर प्लेट भएको कारसहित आठ लाख मूल्य बराबरको मोटरपार्टस् बरामद गरेको छ।

इलाका प्रहरी कार्यालय काँकडभिट्टाबाट खटिएका प्रहरी टोलीले मेचीनगर नगरपालिका–६ बरामद गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक जितेन्द्रकुमार बस्नेतले जानकारी दिए। भन्सार छलेर नेपाल आउँदै गरेको डब्लूबी ७४ ए.बि. ४६२० नम्बरको भारतीय कारमा लुकाइछिपाइ राखेर ल्याइएको अवस्थामा चार पाङ्ग्रे सवारीसाधनमा प्रयोग हुने एलो हुइल, इन्जिन, बेरिङ, लुकिङ ग्लास, गियर बक्स लगायतका सामान बरामद भएको गरिएको प्रहरी उपरीक्षक बस्नेतले जानकारी दिए।

कार चालक मेचीनगर नगरपालिका–८ का गणेश तामाङ र सोही नगरपालिका–७ का शिव सरदारलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान सुरु गरेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.