|

ललितपुर : पाटनमा चलिरहेको रातो मच्छिन्द्रनाथको रथमंगलबार लगनखेल पुर्‍याइँदैछ। पुल्चोकबाट तान्न सुरु गरी गाबहाल, मंगलबजार हुँदै सुन्धारा पुर्‍याइएको रथ हिजो चक्रबहीसम्म तानिएको थियो।

चक्रबहीबाट लगनखेलसम्म तान्न लागिएको हो। रथलाई लगनखेलमा लगेपछि साइत हेरेर बलि दिएपछि इटीटोलमा पुर्‍याई शुक्रबार नरिवल खसालिनेछ भने भोलिपल्ट शनिबार बिहान इटीटोलमा महिलाले मात्रै रथ तान्नेछन्। जसलाई नेवारीमा याक मिसा भुजा अर्थात एकल महिलाले रथ तान्ने भनिन्छ।

इटी टोलमा पुगेपछि ज्योतिषीले दोस्रो चरणको साइत हेरेर मात्रै जावलाखेल पुर्‍याउने दिनको टुङ्गो लाग्छ। जावलाखेल पुगेको चार दिनपछि भोटो देखाउने जात्रा मनाएपछि मच्छिन्द्रनाथको रथ यात्रा सकिन्छ । 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.