|

चितवन : चितवनको नारायणगढ मुग्लिन सडक खण्ड अन्तरगत ईच्छाकामना गाउँपालिका  ५ स्थित स्याउली बजारमा भएको सवारी दुर्घटनाका घाइते एकको उपचारका क्रममा निधन भएको छ। 

मंगलबार बिहान बस र ट्रक एक आपसमा ठक्कर खाँदा २४ यात्रु घाइते भएका थिए। घाइते मध्ये बसका सहचालक मकवानपुर धिमाल बस्ने ४४ वर्षीय चन्द्रबहादुर तिमिल्सिनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ।

इटहरीबाट काठमाडौ जाँदै गरेको ना ६ ख १५२१ नम्बरको बस र मुग्लिनबाट नारायणगढतर्फ आउँदै गरेको ना ५ ख ७५२८ नम्बरको ट्रक मंगलबार बिहान सवा ६ बजे एक आसपमा ठोक्किदा सो दुर्घटना भएको थियाे। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.