|

काभ्रेपलाञ्चोक : बनेपा नगरपालिका–८ नेपाल विद्युत प्राधिकरणचोक नजिक रहेको पोखरीमा मंगलबार बिहान एक जना पुरुष मृत फेला परेका छन्। 

इलाका प्रहरी कार्यालय बनेपाका प्रमुख सुनिलजंग शाहका अनुसार बनेपा नगरपालिका–१ रायगाउँका करिब ४५ वर्षका धनबहादुर मिजारको शव पोखरीमा डुबेको अवस्थामा फेला पारेको हो।

मिजारको शव पोष्टमार्टमका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा राखिएको छ।  घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.