विचार

सबै एक ठाउँमा आएको त्यो दिन अर्थात् बैशाख १२
SHARES

बैशाख १२, २०७५

    २०७२ बैशाख १२ गते सम्झँदा मन झसंग हुन्छ। त्यसैले पनि होला बैशाख १२ लाई कसैले सम्झनै चाहँदैन। बैशाख १२ लाई सरकारले पूरै बिर्सिएको छ। जनताले बिर्सिएका छन्। भूकम्पपश्चात भत्किएका पूर्वाधार निर्माण गर्न गठित पुनर्निर्माण प्राधिकरणसमेतले बिर्सन थालेको छ। पूरै राष्ट्रले नै बिर्सिएपछि भूकम्पपीडित यतिबेला एक्ला बनेका छन्। 

    त्यो कहालीलाग्दो दिन

    २०७२ बैशाख १२ गते अन्य दिन जस्तै मानिसहरू आफ्नै काममा सक्रिय भइसकेका थिए। मध्याह्न भए पनि त्यस दिन बिहानैदेखि धुम्म थियो। बैशाख १२ गते मध्याह्न भूकम्पले पूरै नेपाल मात्र होइन, छिमेकी मुलुक भारत, बंगलादेश र चीनलाई समेत हल्लायो। 

    फेरि पनि अग्ला घरहरू बनाउने होड चलेको छ।  यता, भूकम्पपीडितहरूका समस्या उस्तै छन्। भूकम्पले घर भत्किएका पीडितहरू अझै पालमा छन्।

     बैशाख १२ गते शनिबारका दिन बिहान ११ बजेर ५६ मिनेट जाँदा गोरखा जिल्लाको बारपाकमा ७.८ रेक्टर स्केलको भूकम्पले  झण्डै नौ हजार जनाको ज्यान लियो। आठ लाख बढी घर र दुई सय बढी पुरातात्त्विक सम्पदा मेटिए। हजारौँ अंगभंग भए।

    भूकम्प गएको घण्टौँसम्म सरकार बाहिर निस्कन सकेन। जनताले महिनौँसम्म पाल पाएनन्। केही दिन भोकभोकै रात कटाए। पानीको प्याससमेत मेटाउने स्थिति रहेन। भूकम्पले च्यापिएका जनतालाई समयमा झिक्न नसकेर धेरै च्यापिएरै मरे। नेपालमा ढलान फुटाउने, काट्ने साधन थिएनन भने पर्याप्त मात्रामा हवाई साधन पनि थिएन। भूकम्पको जोखिमबाट क्षति कम गर्ने स्पेसल फोर्ससमेत थिएन। केही समय नेपालका सुरक्षाकर्मीसमेत अक्क न बक्क परे।

    भूकम्पपश्चात पाँचौँ तलाका मानिसहरू खुला चौरमा सरे। जात, धर्म, धनी, गरिबको पर्खालसमेत भूकम्पले भत्कायो। भूकम्पले नेपालको धरोहर धरहरा भत्कायो। धेरैको मन चर्कायो। गरिब जनताको उठिबास लगायो।

    भूकम्पको समयमा सबै नेपालीहरू यति मिलनसार बने कि त्यो बेला कोही पराई भन्ने मानिस नै थिएन। मानिसहरूमा यस्तो भावना विकास भएको थियो कि भूकम्पको परकम्प सकिएपछि सबै सुरक्षाका लागि तयार हुनेछन्। अग्लाअग्ला घर बनाउने छैनन्। खसेर लाग्ने सामानहरू झिक्नेछन्। भूकम्पबाट हुने क्षतिलाई कम गर्न सबैले ध्यान दिनेछन्।

    यता, नेताहरूले भूकम्पलाई अवसरका रूपमा समेत व्याख्या गर्न भ्याए। नेपाललाई जापान जस्तो बनाउनेलगायतका भाषण सुनाए। यो भूकम्प विस्तार भएसँगै भूकपम्पीय क्षतिलाई कम गर्ने योजना सुनाए- उद्धारका सामान खरिद गर्ने, औजार किन्ने यस्तै यस्तै। 

    फेरि पनि अग्ला घरहरू बनाउने होड चलेको छ। यता, भूकम्पपीडितहरूका समस्या उस्तै छन्। भूकम्पले घर भत्किएका पीडितहरू अझै पालमा छन्।

    भूकम्प गएलगत्तै केही थान कपडा र चाउचाउका पकेट बाँड्नेहरू अहिले सहानुभूतिका शब्दमा अल्झेका छन्। नेपालकै ठूला मानिएका धरहरा, रानीपोखरीलगायतका सम्पदाहरूको हालत उस्तै छ। यसबीचमा पुनर्निर्माण प्राधिकरणमा सिइओ फेर्ने प्रतिस्पर्धा चल्यो तर भूकम्पपीडितको अवस्था उस्तै छ।

    के नेपालमा फेरि भूकम्प जाँदैन?

    त्यति ठूला भूकम्पको पीडा भोगेका हामी नेपाली अब कहिल्यै नेपालमा भूकम्प नै जाँदैन जसरी निदाइरहेका छौँ। तर नेपालको भूगर्भको संरचनाका कारण फेरि पनि ठूलै भूकम्प आउन सक्ने अनुसन्धानकर्ताले आशंका गर्ने गरेका छन्।

    जरनल नेचर जियोसाइन्स एन्ड साइन्सका सहलेखक तथा कैम्ब्रिज विश्वविद्यालयमा कार्यरत जोन फिलिप एवकलगायत थुप्रै अनुसन्धाताले नेपालको पश्चिमी क्षेत्रमा ठुलो भूकम्प जान सक्ने तर्कलाई अगाडि सारेका छन्।

    भूकम्पका बारेमा कसैले भविष्यवाणी गर्न सक्दैन तर पनि सत्य यो हो कि विपद् घण्टी बजाएर आउँदैन। त्यसैले बेलैमा सावधानी अपनाउन जरुरी छ। कम्तीमा पनि सरकारले ढलान काट्ने, फोड्ने तथा तत्काल उद्धार गर्ने सामाग्री तयारी अवस्थामा राख्न जरुरी छ।

    बैशाख १२ को पाठ सिकेर प्रत्येक प्रदेशमा विपद् व्यवस्थानलाई मजबुत बनाउन आवश्यक छ। कम्तीमा केही जनतालाई पुग्ने पाल र खानाका लागि अरू देशसँग हात पसार्न नपरोस्। बैशाख १२ लाई फेरि सम्झँदै भूकम्पीय जोखिमको क्षति न्यूनीकरणमा सबैको ध्यान जानु जरुरी छ।

सुदिप रेग्मी

एक दशक पत्रकारितामा सक्रिय रहेका रेग्मी अहिले निजामती सेवामा छन्। 

सम्बन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
मुक्तिश्री टावर
नयाँ बानेश्वर, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: news@thahakhabar.com
फोन : ९७७-१- ४७८६५६२
बिज्ञापनः ad@thahakhabar.com
फोन : ९७७-१-४७८६१९८ ९८४१३०४३९१ (प्रेम) / ९८१८३४३६६९ (विनय)

थाहा मिडिया ग्रुप

थाहा गणितको शुत्र होइन । कुनै मन्त्र पनि होइन । थाहा त चेतनाको त्यो झिल्को हो जसले हाम्रो दृष्टिलाई फराकिलो बनाउंँछ, हाम्रो विचारलाई उघारो बनाउँछ, हाम्रो कामलाई ठिक बनाउँछ र हाम्रो जीवनलाई थप सहज बनाउँछ । थाहा एउटा प्रकृया हो ... [विस्तृत]