|

काठमाडौं : सरकारले अत्यावश्यक सेवा दिने क्षेत्रमा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने भएको छ। राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा प्राडा पुष्प कडेललाई नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको हो।

मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले 'सार्वजनिक हितका लागि आवश्यक सेवामा हड्ताल गर्न निषेध गर्ने सूचना राजपत्रमा प्रकाशित गर्ने' निर्णय गरेको सूचना तथा सञ्चार प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, बाराको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि उच्च स्तरीय सहजीकरण समिति गठन गरेको छ। संस्कृति, पर्यटन तथा नागरीक उड्ययनमन्त्री रवीन्द्र अधिकारीको संयोजकत्वमा सहजीकरण समिति गठन गरिएको हो।

सरकारले सरकारी पदाधिकारी र उच्च पदस्त कर्मचारीको विदेश भ्रमणलाई व्यवस्थित बनाउने उद्येश्यले 'वैदेशिक भ्रमण सम्बन्धमा सरकारी पदाधिकारी तथा उच्च पदस्त कर्मचारी वैदेशिक भ्रणम व्यवस्थापन निर्देशिका - २०७५' स्वीकृत गरेको छ।

मन्त्रिपरिषद् बैठकले कैलालीको रानी जमरा सिँचाइ आयोजनाको दोस्रो चरणका लागि विश्व बैंक समूहको अन्तर्राष्ट्रिय विकास संस्था मार्फत ६ अर्ब ८६  करोड रुयैयाँ ऋण सहायता स्वीकृत गरेको छ भने तीलगंगा आँखा अस्पताललाई आँखाको लेन्स उत्पादनका लागि १० करोड अनुदान दिने निर्णय पनि गरेको छ।

सार्वजनिक सुरक्षा ऐन २०४६ लाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्नका लागि स्वीकृति दिने निर्णय गरेको राज्यमन्त्री बाँस्कोटाले जानकारी दिए।

त्यस्तै, सरकारले निम्न चार अध्यादेश जारी गर्नका लागि राष्ट्रपति समक्ष सिफारिस गर्ने निर्णय गरेको छ।

  • बेपत्ता पारिएका व्यक्तिहरूको छानविनसम्बन्धि अध्यादेश

  • सत्य निरूपण तथा मेलमिलाप आयोग सम्बन्धि अध्यादेश

  • राष्ट्रियसभा निर्वाचन गर्न बनेको अध्यादेश

  • राष्ट्रिय चिकित्सा शिक्षा ऐन सम्बन्धि अध्यादेश

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.