|

जाजरकोट : विद्यालय जानबाट वञ्चित भई निरक्षर रहेका यहाँका स्थानीयलाई टोल–टोल पढाइ सुरु गरिएको छ। 

गत पुस २५ गतेदेखि वैशाख २५ सम्म निरन्तर सामुदायिक सिकाइ केन्द्रमार्फत पढाइ सुरु भएपछि जाजरकोटमा साविकका २४ गाविसका स्थानीयले शिक्षा आर्जन गरेका छन्। 

निरक्षरको संख्या बढी भएको क्षेत्रमा प्राथमिकता दिइ सामुदायिक सिकाइ केन्द्रमार्फत कार्यक्रम सञ्चालन गरी कक्षा सञ्चालन गरिएको हो। जिल्लाका १ सय ९९ ठाउँमा कक्षा सुरु भएका छन्। प्रति कक्षा ८ देखि ११ जनासम्म स्थानीयलाई सहभागी गरिएकाे श्री गणेस सामुदायिक सिकाई केन्द्रका अध्यक्ष प्रकाश चन्दले जानकारी दिए। 

१५ वर्षदेखि ६० वर्ष सम्मका निरक्षरलाई सिकाइ केन्द्रमार्फत साक्षर बनाउने लक्ष्य रहेको जिल्ला शिक्षा कार्यालय जाजरकोटले जनाएको छ। कक्षामा निरक्षर भएका र सामान्य लेख, पढ् सक्ने स्थानीयहरु सहभागी रहेका छन्। अघिल्लो वर्ष पढेर बीचमा कक्षा छाडेका स्थानीयवासीहरुको पनि सहभागिता रहेकाे  अध्यक्ष चन्दले बताए।

छोरा–छोरीलाई विद्यालय पठाएर आफूहरु समय मिलाएर पढ्न आउँदा खुसी लाग्ने गरेको नलगाड नपा ८ का कल्पना खत्रीले बताइन्।  'आफू जस्तै थुपै पढ्न, लेख्न नसक्ने दिदी, बहिनीहरु कक्षामा आएर सँगै पढ्छौ र सुख, दु:खका कुरा गर्दा मन हलुको हुन्छ' उनले भनिन्।

आफ्नो दाजुभाइ, दिदीबहिनी, काकीलाई पढाउँन पाउँदा र उनीहरुकाे जिज्ञासा सुन्न पाउँदा अानन्द महसुस गरेकाे शिक्षिका सरीता खड्का बताउँछिन्।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.