|

कञ्चनपुर : शुक्लाफाँटा नगरपालिका ७ सिमलफाँटाका जयदेव जोशीको घरबाट एक लाख रुपैयाँसहित दुई वटा मोबाइल चोरी भएको छ। सोमबार राति नगद रकम र मोवाइल चोरी भएको हो। 

दाजुको छोराको विवाहका लागि सापटी मागेर ल्याएको रकम चोरी भएको वडा अध्यक्ष जगत बहादुर सिंहले जानकारी दिए। चोरिएको रकम र चोरको खोजी गरिदिन माग गर्दै पीडित परिवारले इलाका प्रहरी कार्यालय झलारीमा निवेदन दिएका छन्।

चोरको खोजी भइरहेको इप्रका झलारीका प्रहरी निरीक्षक मोहन साउदले बताए। विवाहका लागि सापटी लिएको पैसा चोरी भएपछि जोशी परिवार समस्यामा परेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.