स्थानीय तहद्वारा राजश्व बृद्धि

|

कालिकोट : कर्णालीका मुगु, हुम्ला, जुम्ला, डोल्पा जिल्लाका स्थानीय यार्सागुम्बा टिप्न पाटनतिर जाने तयारी थालेका छन्। यहाँको प्रमुख आयस्रोत भएको यार्सागुम्बा टिप्न एक महिनाअघि देखिन नै तयारी थालिएको हो।

कर्णाली प्रदेशका यार्सागुम्बा पाइने जिल्लाका स्थानीहरु पाटन लैजाने सातु, सामल, खाद्यान्न दाउरालगायतका सामाग्रीको जोहो गर्न व्यस्त देखिन्छन्। स्थानीयबासीको प्रमुख आयस्रोत मानिएको यार्सागुम्बा टिप्न एक महिना अघिदेखिनै तयारी सुरु भएको मुगु, कार्मारोङ गाउपालिकास्थित पुुलुका स्थानीय पाल्तेन लामाले बताए। ‘यहाँका मानिसहरुको प्रमुख आयस्रोत भनेको नै यार्सागुुम्बा हो।’ उनले भने, ‘यहाँका मानिसहरुले यार्सागुम्बा टिप्न जाने एक महिना अगाडिदेखि नै तयारी गर्ने गरेका छन्।’

लामाका अनुसार कर्णालीमा पाइने यार्सागुम्बाको मूल्य प्रतिकेजी १८ लाखदेखि २५ लाख पर्ने र प्रतिगोटा यार्साको ५ देखि ८ सय रुपैयाँमा खरिद–बिक्री हुने गरेको छ। 

स्थानीय तहद्वारा राजश्व बृद्धि

विगत वर्षमा जिल्ला विकास समिति र गाउँ विकास समितिले उठाउँदै आएको यार्सागुम्बाको राजश्व अहिले गाउँपालिका उठाउन थालेका छन्। स्थानीय तहले राजश्व उठाउन थालेसँगै यार्सागुम्बा संकलन दस्तुरमा अतिरिक्त पाँच सय रकम तिर्नुपर्ने भएको हो।

डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्ज, स्थानीय सरकारका प्रमुख, जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय लगायतका सरोकारवाला पक्षसहित निकुञ्ज कार्यालय सुलिगाडमा भएको छलफलको निर्णयअनुसार यस वर्षदेखि प्रत्येक संकलनकर्ताले यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार तोकिएको रकममा अतिरिक्त पाँच सय रुपैयाँ तिर्नुपर्ने भएको हो।

यार्सागुम्बा व्यवस्थापन निर्देशिकाअनुसार मध्यवर्ती क्षेत्र भित्रका सर्वसाधारणलाई प्रतिव्यक्ति पाँच सय, मध्यवर्ती क्षेत्र बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति दुर्इ हजार र जिल्ला बाहिरका सर्वसाधारणका लागि प्रतिव्यक्ति तीन हजार रुपैयाँ तोकिएकामा यस वर्षदेखि सम्बन्धित मध्यवर्ती क्षेत्रभित्र पर्ने पाटनमा संकलन इजाजत लिनका लागि मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त पाँच सय रुपैयाँ सेवा शुल्कका रुपमा लिन पाउने निर्णय गरिएको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत रामदेव चौधरीले बताए। 

‘अतिरिक्त शुल्क लगाएका कारणले पाँच सय रुपैयाँ बढी तिर्नु भएको हो।’ उनले भने, ‘त्यो रकम सम्बन्धित मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिले अतिरिक्त उठाएको पाँच सय रकम समितिकै खातामा जम्मा हुने र सो रकमबाट मध्यवर्ती क्षेत्रभित्रको संरक्षण शिक्षा, चोरीशिकारी नियन्त्रण, जैविक विविधता संरक्षणसम्बन्धी विभिन्न कार्यक्रममा खर्च गरिने छ।’

पूर्वी पाटनकाे राजश्व कार्माराेङले उठाउने

त्यस्तै, मुगु जिल्लाको पूर्वी पाटन क्षेत्रमा पाइने यार्सागुन्बाको राजश्व यसपालिदेखि कार्मारोङ गाउँपालिकाले उठाउने भएको छ। गाउँपालिका जिल्ला बाहिरका स्थानीयलाई दुई हजार र जिल्लाभित्रका स्थानीयलाई एक हजार पाँच सयका दरले प्रवेश शुल्क उठाउने निर्णय गरिएको गाउँपालिका प्रमुख छिरिङ क्याप्ने लामाले बताए। ‘जेठ १ देखि ५ गतेसम्म यार्सागुन्बा संकलकबाट प्रवेश शुल्क उठाउने र ६ गते वन प्रवेशमा अनुमति दिने निर्णय भएको छ।’ उनले भने,‘ राजश्वबाट उठेको रकम विकास निर्माणमा खर्च गरिनेछ।’

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.