|

युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत सेमिफाइनलको पहिलो लेगमा आज इंग्लिस क्लब लिभरपुल र रोमा आमनेसामने हुँदै छन्। दाबेदार टिमलाई पाखा लगाउँदै लिभरपुल र रोमा अन्तिम चारमा प्रवेश गरेकाले पनि दुवै टिमका लागि यस खेल महत्त्वका साथ हेरिएको छ। लिभरपुलले इंग्लिस लिग च्याम्पियन सिटीलाई पाखा लगाउँदा रोमाले बार्सिलोनालाई पाखा लगाउँदै सेमिफाइनलमा स्थान बनाएको थियो।

लिभरपुल यस सिजनको च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने क्लव हो, जो मुख्य रूपमा रोवर्टो फिर्मिन्हो, साडियो माने र मोहम्मद सलाहबाट प्रेरित लिभरपुल पछिल्लो पटक सर्वाधिक दाबेदार टिमका रूपमा देखिएको छ। इजिप्सियन स्टार सलाह रोमाबाट यसै सिजन मात्र लिभरपुल गएका थिए। अब उनले आफ्नो पूर्व क्लवविरुद्ध गोल गर्छन् या गर्दैनन्, त्यो भने हेर्नलायक हुनेछ।

सलाह करिअरकै शानदार लयमा रहेकाले पनि अन्य क्लबको टाउको दुखाइ बन्न सक्ने सम्भावना छ। जारी सिजन उनले लिभरपुलका लागि सबै प्रतियोगितामा ४१ गोल गरेका छन्। रोमा भने बार्सिलोनाविरुद्ध चमत्कारी जीतका साथ अन्तिम चारमा पुगेको हो। उसले लियोनल मेसी र उनको टिमलाई आफ्नो मैदानमा ३-० को हार चखाउँदै अवे गोलका आधारमा सेमिफाइनलमा स्थान बनायो।

सन् १९७७ मा लिभरपुलले पहिलो पटक च्याम्पियन्स लिगको उपाधि रोममै जितेको थियो। त्यसको सात वर्षपछि चौथो पटक च्याम्पियन्स लिगको उपाधि जित्ने क्रममा लिभरपुलले रोमालाई पेनाल्टी सुट आउटमा पराजित गरेको थियो। नियमित समयको खेल १-१ गोलको बराबरी भएको थियो ।

त्यसयता रोमा पहिलो पटक च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेको छ भने लिभरपुलले सन् २००८ मा सेमिफाइनलसम्मको यात्रा तय गरेको छ। त्यसैले यी दुईबीचको पहिलो लेग रोमाञ्चक हुने विश्वास लिइएको छ।

च्याम्पियन्स लिग फुटबलमा पछिल्लो ३७ वर्षमा पहिलो पटक युरोपका प्रतिष्ठित चार देशका उत्कृष्ट लिग खेल्ने सान १ क्लबले सेमिफाइनलमा स्थान बनाएका छन्। उत्कृष्ट चार क्लवमा इंग्ल्याण्ड, स्पेन, इटली र जर्मनीबाट एक एक टोली परेका छन् ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.