|

सिन्धुपाल्चोक : सिन्धुपाल्चोकको बलेफी गाउँपालिका अन्तरगतको पूर्वाधार विकास समितिले गाउँपालिकाका ठूला विकासे योजनाहरुलाई सचेत गराएको छ। फर्जी कागजी प्रक्रिया पूरा गरी बजेट लिने प्रचलन बढेसँगै गाउँपालिकाले विकासे योजनाका सञ्चालकहरुलाई फर्जी कागजात पेश नगर्न सचेत गराएको हो।

सिन्धुपाल्चोकमा साना तथा ठूला विकासे योजना हात लिएर फर्जी कागजातको भरमा भर्पाइ गरी बजेट लिने गरेको पाइएको थियो। आर्थिक वर्ष ०७४/७५ मा सञ्चालित ४ सय योजनाहरुको प्रगति विवरण र समस्याका विषयमा जानकारी लिँदै पूर्वाधार विकास समितिका सभापति चरिबहादुर तामाङले योजना सम्पन्न गर्न आउने चुनौतीको निराकरण गर्ने प्रतिवद्धता व्यक्त गरे। 

संघीय संरचनापछि सबै विकासका योजना स्थानीय तहबाट संचालन हुने भएकाले उपभोक्ता समितिलेहरु योजना अनुरुपकै काम गर्नुपर्नेमा सभापति तामाङले जोड दिए। 

उपभोक्ता समितिहरुले भने काम गर्नका लागि सुरुमै आर्थिक अभाव देखिने गरेकाले पेस्की स्वरुपको बजेट पाउँनुपर्ने माग गरेका छन्। पहिलेको योजनमा आर्थिक वितरण प्राणली झन्झटिलो भएको र स्थानीय स्तरबाट हुनुपर्ने श्रमदान नभएको प्रति वडा भवन निर्माण समितिका अध्यक्षले गुनासो गरे। 

उचित काम गरी बजेटको सहि सदुपयोग र पद्दती संगत भुक्तानीमा लागि पर्न गाउँपालिकाका योजना शाखाका खम्बध्वज खड्काले उपस्थित योजना प्रमुखलाई आग्रह गरेका थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.