|

बाँके : औषधि व्यवस्था विभाग नेपालगञ्जमा कार्यरत एक कर्मचारी सेवाग्राहीबाट घुस लिँदालिँदै पक्राउ परेका छन्। अख्तियार दुरुपयोग अनुसन्धान आयोग कोहलपुरको टोलीले विभागमा कार्यरत फार्मेसी अधिकृत तपेन्द्र भट्टराईलाई सेवाग्राहीबाट घुस लिँदालिँदै मंगलबार पक्राउ परेको हो। 

सेवाग्राहीबाट लिएको ५० हजार रुपैयाँ भट्टराईका साथबाट बरामद भएको अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय कोहलपुरले जनाएको छ। उनले फार्मेसी संचालन र औषधि विक्रि वितरण गर्न अनुमति दिए बापत सेवाग्राहीबाट घुस लिएको आयोगले जनाएको छ। 

नगरसहित पक्राउ परेका भट्टराईलाई थप अनुसन्धानका लागि नियन्त्रणमा लिइएको र उनलाई कोहलपुरस्थित आयोगको कार्यालयमा लगिएको छ। औषधि व्यवस्था विभागका कर्मचारीले फार्मेसी नविकरण, दर्ता र स्तरोन्नतीका नाममा सेवाग्राहीसँग ठूलो परिमाणमा रकम लिने गरेको आरोप लाग्दै आएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.